रौतहटमा गाँजासहित दम्पती पक्राउ
शनिबार, १५ वैशाख २०८१, २१ : ३७
रौतहट । रौतहटमा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले कटहरिया नगरपालिकाबाट गाँजासहित बाराका एक दम्पतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक ४२ वर्षीय अनन्त बराइली र निजकी श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्।
कटहरिया २ स्थित अस्थायी प्रहरी पोस्ट छेदिचौकबाट खटिएको प्रहरी टोलीले प्र.२–०३–००१ ह ३१५ नम्बरको अटोमा चेकजाँच गर्दा १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो।
गाँजा, अटो र चालक दम्पतीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण