शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इटालियन गायिका फेडस्टारको भिडियोकाे निर्देशक नेपाली कुशल

आइतबार, ०८ जेठ २०७९, १३ : ३९
आइतबार, ०८ जेठ २०७९

इटालियन गायिका तथा लेखीका फेडस्टारको गीतको म्युजिक भिडियो निर्देशन अवसर नेपाली निर्देशक कुशल श्रेष्ठले पाएका छन् । बेलायतमा रहेर नेपाली म्युजिक भिडियो निर्माणमा सक्रिय श्रेष्ठले पहिलो चोटी इटालियन गायिकाको अंग्रेजी गीतको भिडियो निर्देशन अवसर पाएका हुन् । 

भिडियोमा श्रेष्ठले गायिकालाई नै अभिनय गराएका छन् । लेखीका समेत रहेकी फेडस्टारलाई अभिनय गराएको भिडियो सेन्ट्रल लन्डन आसपासमै छायांकन गरिएको छ । । भिडियो केही दिनमा सार्वजनिक हुने उनले बताए । ५ वर्षको उमेरदेखि गायन प्रतियोगिता मार्फत गायनमा होमिएकी गायिका फेडस्टार गायनको अलवा बेली डान्समा समेत पोख्त छिन् । भिडियोमा फेडस्टारलाई जोन फ्रयाङ्कले अभिनयमा साथ दिएका छन् । जोबिना हार्डीको मेकअप, फेडेरिका अन्ना सेटेमब्रीनी कार्यकारी निर्माता रहेको भिडियोमा स्पेनिस भाषाका र्यापर जोन फ्र्याङकको समेत अभिनय रहेको निर्देशक श्रेष्ठले बताए ।

‘करिब २ दशकको निर्देशकिय करिअरमा पहिलो पटक अंग्रेजी म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको अवसर पाएको छु’, कुशलले भने ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’ भारतीय, बंगाली, पाकिस्तानीका साथै केही अंग्रेजी प्रोजेक्टमा समेत काम गरेका कुशलले भिडियोको सम्पुर्ण जिम्मा लिएर आफैले काम गरेको यो पहिलो विदेशी भएको खुलाए । श्रेष्ठलाई इटालियन गायिकाको भिडियो निर्देशनका लागि एक पन्जावी गायकले सिफारिस गरेका हुन् । पन्जाबी गीतको कामबाट प्रभावित भएर उनलाई सिफरिस गरिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप