आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बालेनको सपोर्टमा बन्यो गीत ‘लौरो टेकौला’

आइतबार, ०८ जेठ २०७९, १७ : १५
आइतबार, ०८ जेठ २०७९

काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ ।

यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ । 

रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।

गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथी समेत भएको चर्चा गरेको छ । सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहिनको आवाज बन्न समेत अनुरोध गरिएको छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा बालेनका चुनावी गतिविधिका समेटेर तयार पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप