ad
x
स्थानीय निर्वाचन

मतगणना सकिनुअघि नै वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी

person explore access_timeजेठ ९, २०७९ chat_bubble_outline0

वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् । 


हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ । 



जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् । यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् ।  यस्तै उपप्रमुखमा काँग्रेसका इम्तियाज आलमले २५ हजार ५९ मत पाएर अग्रता बनाइरहेका छन् । 
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।