सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु
जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए ।
उनले सिंजा गाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे बताए । अध्यक्ष धितालले भने, 'अब सिजा गाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन् ।'
'अब सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्मनेछन् । यो गाउँपालिकाको प्रतिबद्धता हो,' अध्यक्ष धितालले भने । सिंजा गाउँपालिकामा भइरहेका सकारात्मक कामलाई पनि निरन्तरता दिइनेछ । नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायतले पाँच वर्षभित्र जनताका अधारभुत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेकाे उनले बताए । साथै, अबका पाँच ५ वर्षभित्र कक्षा १ देखी पाँच कक्षाासम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धि स्तर ६० प्रतिशत पुर्याइने धितालले बताए ।
सिजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन । उनले निर्माणाधीन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शीघ्र निर्माण गरिने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू