शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको गृहजिल्ला रौतहटका ४ स्थानीय तहमा एकीकृत समाजवादी विजयी

मङ्गलबार, १० जेठ २०७९, ११ : २५
मङ्गलबार, १० जेठ २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो । यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी  जयसवाल निर्वाचित भएकी छन् । उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।
यसअघि नेकपा एकीकृत समाजवादीले गौर नगरपालिका, राजदेवी  नगरपालिका र बृन्दावन नगरपालिकामा जित हासिल गरिसकेका थिए ।

गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा शम्भु साह, राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव र बृन्दावन नगरपालिका प्रमुखमा विनोद पटेल निर्वाचित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप