शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आयो राजेन्द्र राईको गीत ‘तिम्रै हुँ म’

मङ्गलबार, १० जेठ २०७९, १६ : ३५
मङ्गलबार, १० जेठ २०७९

अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले ‘तिम्रै हुँ म’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीतको भिडियो अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो । 
राजेन्द्र राईकै शब्द संगीतमा रहेको गीतमा गायिका मेचु धिमालले स्वरमा साथ दिएकी छिन् । पदम रजन मगरले एरेन्ज गरेको गीतको भिडियोमा मोडल रेखा लिम्बु र भ्वाइस अफ नेपाल सिजन ३ का फाईनालिस्ट ज्वाला राई ले अभिनय गरेका छन् । 
जीवन मुकारुङ्को निर्देशन रहेको भिडियोमा देव चामलिङको कोरियोग्राफी, मनोज राईको छायाङ्कन तथा सम्पादन र अस्मिता राईको श्रृङ्गार रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप