ललितपुरमा सीके राउतको ‘लाउड स्पिकर’ लाई १५ भोट ! जसले १०० भोट कटाउन सकेनन्
ललितपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा स्वतन्त्र र राजनीतिक पार्टीका गरी १५ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए । जसमा सबैभन्दा कम मत सिके राउत नेतृत्वको जनमत पार्टीले पाएको छ । लाउड स्पिकर चुनाव चिह्न रहेको सीके राउतको पार्टीका उम्मेदवार बासुदेव अमात्यले मात्र १५ मत पाएका हुन् । उप मेयरमा सो पार्टीले ललितपुरमा उम्मेदवारी दिएको थियो । जसमा उपमेयर उम्मेदवार कुसुम बज्राचार्यले भने ३८ मत पाइन् । उनले पनि उपमेयरका उम्मेदवार अन्यले भन्दा सबैभन्दा कम मत पाएकी हुन् ।
मेयर पदमा १०० भन्दा कम मत पाउनेमा स्वतन्त्र उम्मेदवार सुरेश महर्जन (१९ मत), राजेन्द्र थापा (४० मत) रहेका छन् । यस्तै मौलिक जरोकिलो पार्टीकी सपना श्रेष्ठले २८ मत पाउँदा आमूल परिवर्तन मसिहा पार्टीकी सपना महर्जनले ८७ मत पाइन् । मसिहा पार्टी क्रिश्चियन पार्टी हो ।
यस्तै नेकपा मालेका मोहनराज शाक्यले ८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीका सनि कपुर महर्जनले १३६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सरिन लाखेले ३११ तथा नेमकिपाका अशोक महर्जनले ४३१ मत पाए ।
यता ललितपुर महानगरपालिकाको मेयर पदमा पुनः निर्वाचित चिरिबाबु महर्जनले भने ४२ हजार ७२२ मत ल्याए । उनका निकट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ५६० मत ल्याएर पराजित बने ।
मेयर पदमा तेस्रो बनेका राप्रपाका अष्ट महर्जनले ५५५४ मत पाए भने विवेकशील साझा पार्टीका उज्जल कृष्ण महर्जनले १ हजार ५८५ मत पाएर चौथो बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण