
ललितपुरमा सीके राउतको ‘लाउड स्पिकर’ लाई १५ भोट ! जसले १०० भोट कटाउन सकेनन्

ललितपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनमा स्वतन्त्र र राजनीतिक पार्टीका गरी १५ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए । जसमा सबैभन्दा कम मत सिके राउत नेतृत्वको जनमत पार्टीले पाएको छ । लाउड स्पिकर चुनाव चिह्न रहेको सीके राउतको पार्टीका उम्मेदवार बासुदेव अमात्यले मात्र १५ मत पाएका हुन् । उप मेयरमा सो पार्टीले ललितपुरमा उम्मेदवारी दिएको थियो । जसमा उपमेयर उम्मेदवार कुसुम बज्राचार्यले भने ३८ मत पाइन् । उनले पनि उपमेयरका उम्मेदवार अन्यले भन्दा सबैभन्दा कम मत पाएकी हुन् ।
मेयर पदमा १०० भन्दा कम मत पाउनेमा स्वतन्त्र उम्मेदवार सुरेश महर्जन (१९ मत), राजेन्द्र थापा (४० मत) रहेका छन् । यस्तै मौलिक जरोकिलो पार्टीकी सपना श्रेष्ठले २८ मत पाउँदा आमूल परिवर्तन मसिहा पार्टीकी सपना महर्जनले ८७ मत पाइन् । मसिहा पार्टी क्रिश्चियन पार्टी हो ।
यस्तै नेकपा मालेका मोहनराज शाक्यले ८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीका सनि कपुर महर्जनले १३६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सरिन लाखेले ३११ तथा नेमकिपाका अशोक महर्जनले ४३१ मत पाए ।
यता ललितपुर महानगरपालिकाको मेयर पदमा पुनः निर्वाचित चिरिबाबु महर्जनले भने ४२ हजार ७२२ मत ल्याए । उनका निकट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ५६० मत ल्याएर पराजित बने ।
मेयर पदमा तेस्रो बनेका राप्रपाका अष्ट महर्जनले ५५५४ मत पाए भने विवेकशील साझा पार्टीका उज्जल कृष्ण महर्जनले १ हजार ५८५ मत पाएर चौथो बने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ