शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा केपी ओलीले बसेरै धारणा राख्दै

बिहीबार, १२ जेठ २०७९, ११ : २८
बिहीबार, १२ जेठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण प्रतिनिधि सभामा बसेरै आफ्नो धारणा राखेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रमुख विपक्षी दलका नेता ओलीलाई समय दिएका थिए । 

सभामुखले अध्यक्ष ओलीलाई समय दिएपछि ओलीले आफु स्वास्थ्यका कारण उभिएर धारणा राख्न नसक्ने भन्दै बसेर धारणा राख्न सभामुखसँग अनुमति मागेका थिए । सभामुखको अनुमतिपछि ओलीले बसेरै धारणा राख्न थालेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप