
ओलीले संसदमा भने– यति धेरै मन्थरा र सकुनीहरु षड्यन्त्ररत छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामायणको कथा सुनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री ओलीले रामायणको कथामा रामलाई षडयन्त्रपूर्वक बनबास पठाएजस्तै नेपालमा पनि धेरै मन्थरा र सकुनीहरु रहेको बताए ।
भारतको संसदमा अटलविहारी बाजपेयीमाथि अविश्वासको प्रस्ताव ल्याउँदा एकजना सांसदले बोलेको कुराको आफुले स्मरण गरेको भन्दै यहाँ पनि रामायणको उक्त कथा जस्तै ठ्याक्कै मिलेको बताए । उनले भने– ‘यति धेरै मन्थरा र सकुनीहरु षडयन्त्ररत छन् पासै फालेर ल्याएको होइन, यो सरकार र गठबन्धन ? त्यस्तो सरकारले ल्याएको कार्यक्रम त्यसैको प्रतिविम्ब जस्तो छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ