‘रुस्लान एफएम’ पुनः सञ्चालनमा
कोभिडको कारणले सञ्चालन रोकिएका ‘रुस्लान एफएम ९५.२’ पुनः सञ्चालनमा आएको छ । ‘रुस्लान एफएम ९५.२’ ले गीतलाई मात्र प्राथमिकता दिने गरेको छ । सर्वाधिक रुचाइएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याइरहेको एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गर्ने गरेको छ । नेपाली गीतका साथसाथै ‘रुस्लान एफएम ९५.२’ मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गीतहरु पनि सुन्न सकिने छ ।
‘पहिला भन्दा भव्य तरिकाले सञ्चालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरि बस्ने सोचसहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौँ’, रुस्लान एफएमका प्रमुख मार्केटिङ अधिकृत बैभव शर्माले भने ।
बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने एफएममा बिहान ६ देखि ८ बजेसम्म ‘वर्क आउट बिट्स’, बिहान ८ देखि ११ बजेसम्म ‘रस्च आवर बिट्स, बिहान ११ देखि दिउँसो ४ बजे सम्म ‘चिल बिट्स’, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म ‘इन ट्रेन्ड र बेलुकी ७ देखि राति १२ बजे सम्म ‘भाइब्रेन्ट बिट्स’ गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण