‘बाबरी’को टिजरमा अदिति र धीरको प्रेम
आगामी भदौ ३१ मा रिलिज हुने फिल्म ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । अदिति बुढाथोकी र धीरज मगरको मुख्य भुमिका रहेको फिल्मको टिजरमा धीरज र अदितिको प्रेम देखाउन खोजिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अदिति र धिरजको अलवा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायत कलाकारको अभिनय छ ।
बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।
काठमाडौं, झापा, मोरङ र सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन भएको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण