आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘सिल्ली फो’ को आइटम गीतमा केकीको ठुम्का

आइतबार, १५ जेठ २०७९, १५ : ३२
आइतबार, १५ जेठ २०७९

राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको डान्ससिङ नम्बर सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ ।

गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ । ३१ असारबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा केकी, धिरेन, रवीन्द्रको अलवा राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा, जयमन बिश्वकर्माको अभिनय छ ।

मनोज डिके निर्माता रहेको फिल्मका विशाल श्रेष्ठ सह–निर्माता हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मको वितरक श्रीराम बालाजी फिल्मस्ले गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप