शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

वृद्ध भत्ता रकम बढेन, उमेर हद् घट्यो

आइतबार, १५ जेठ २०७९, १७ : ३०
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ६८ वर्षमै वृद्ध भत्ता दिने घोषणा गरेका हुन् ।

यसअघि, ७० वर्ष पुगेका जेष्ठ नागरिकले वृद्धा भत्ता पाउँदै आएका थिए । यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा भत्ता वितरण हुँदै आएको छ । आगामी वर्ष पनि वृद्धा भत्ताको रकम भने सोही रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप