मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दमौलीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो: राँगा काटेर भोज खुवाएको उजुरी

बुधबार, २० मङ्सिर २०७४, १० : ०६
बुधबार, २० मङ्सिर २०७४

तनहुँ - मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले दमौलीमा टाँगिएका नेपाली चुनावी प्रचार सामग्री हटाएको छ । 

दमौलीमा नेपाली कांग्रेसको सोमबारको सभाका क्रममा बजारभर टाँगिएका झण्डा र प्रचार सामग्री हटाइएको आचारसंहिता अनुगमन अधिकृत सुरेश ढकालले रातोपाटीलाई बताए ।

वाम गठबन्धनका तर्फबाट उजुरी आए पछि सुरक्षाकर्मी सहितको टोलीले प्रचार सामग्री हटाएको थियो ।

मौन अवधिमा उजुरी न्युन
-मौन अवधिका क्रममा चुनावी आचारसंहिता उल्लंघनका उजुरी खासै नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

-आचारसंहिता विपरितका गतिवधि बढी हुने ठानिने भए पनि यसबीचमा उजुरी नआएको आचारसंहिता अनुगमन अधिकृत सुरेश ढकालले बताए । 

-वाम गठबन्धनका तर्फबाट बानियाँटारमा राँगा काटेर भोज खुवाएको उजुरी आएपछि अनुगमनका लागि गएको टोली प्रमाण नभेटेपछि फर्किएको ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप