सगरमाथा आरोही गायक राजु लामालाई सम्मान
मङ्गलबार, १७ जेठ २०७९, २२ : १२
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।
चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णहरी आचार्यलगायत वडा सदस्यलाई समेत बज्राचार्यले सो अवसरमा सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण