आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चर्चित लोकगायिका कल्पना दाहालले गरिन् सुटुक्क ‘कोर्टम्यारिज’

बुधबार, १८ जेठ २०७९, १६ : २३
बुधबार, १८ जेठ २०७९

चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो । 

उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए ।तपाईको बिहे भएछ नी भन्ने रातोपाटीको प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप