दश वर्षमै सफल परिश्ना
परिश्ना बास्तोलाको परिचय एकमा सिमित छैन । उनी बालकलाकार, मोडल तथा गायिकाको रुपमा चिनिएकी हुन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धीहरु हासिल गरिसकेकी बास्तोलाले केही अगाडि ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को उपाधि समेत हात पारेकी छिन् ।
सुनसरीको इटहरीमा जन्मिएर हाल काठमाडौंमा वसोबास गरिरहेकी उनी सुशील केडिया विश्व भारती स्कुलको कक्षा ६ मा अध्ययनरत छिन् । दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागि भएकी उनले पाँच वर्षको उमेरमा ‘लेट मि डान्स स्कूल च्याम्प’ मा भाग लिएकी थिइन् । ‘किड्स क्यापिटल २०१८’ मा बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल उनी बिद्यालयको सांगीतिक तथा नृत्यमासमेत माहिर छिन् ।
गतवर्ष आयोजित पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाएकी उनी ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२०’ मा बेस्ट किड्स मोडल मोर्डन पप विधामा अवार्ड जितिसकेकी छिन् भने अघिल्लो वर्ष आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ मा पनि बेस्ट किड्स मोडल मोर्डन पप २०२१ को अवार्ड जित्न सफल भइन् ।
हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी परिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् । यसबाहेक उनले लाइफ ब्वाइ साबुनको टिभिसीमा समेत भ्वाइस ओभर गरेकी छिन् ।
परिश्नाले हिपहप डान्सको प्रशिक्षण र भोकल लेभल कोर्स समेत गरेकी छन् । यसबाहेक उनले करिब एक महिनासम्म फिल्म अभिनयको प्रशिक्षण समेत लिएकी छन् । विभिन्न स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी परिश्ना ताराना इन्टरनेशनल तथा न्यू इन्डिया लाइभ कार्यक्रममार्फत धेरै पटक लाइभ शो समेत सञ्चालन गरिसकेकी छन् । यो कार्यक्रम अष्ट्रेलिया तथा भारतबाट लाइभ गरिन्छ ।
नेपाली खानाकी पारखी परिश्नालाई मःम तथा पिज्जा मनपर्छ रे । उनको मनपर्ने पहिरन रंग पिंक, सेतो तथा हरियो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण