छुट्टिँदैछन् चर्चित पप गायिका शकिरा र जेरार्ड पिके
चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका पार्टनर गेरार्ड पिके छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ । विभिन्न स्पेनिस मिडियाले छापेको समाचार अनुसार शकिराले बार्सिलोनाका चर्चित डिफेन्डर पिकेलाई महिलासँग रङ्गेहात पक्रिएपछि छाड्न लागेका हुन् ।
पिकेको अत्यधिक पार्टी गर्ने बानीले पहिलेदेखि दुई जनाबीच तनाव सिर्जना गरिरहेकोमा नयाँ खुलासापछि दुई जनासँगै बस्न नसक्ने स्थितिमा पुगेको स्पेनिस मिडियाहरूले लेखेका छन् । अल पेरिओडिकोको रिपोर्टअनुसार गेरार्ड पिके अहिले शकिरासँगको साझा घरबाट छुट्टिएर बार्सिलोनामा एक्लै बसिरहेका छन् ।
शाकिराको नयाँ गित ‘टि फेलिसिटो’ ले पनि दुई जनाबीचको विभाजनसम्बन्धी हल्लालाई बल दिएको छ । रोलिङ स्टोनका अनुसार रो एलेजान्द्रो र शकिराले गाएको नयाँ गीतले कहिल्यै नबदलिने व्यक्तिसँग छुट्टिनुपर्ने अवस्थालाई व्यङ्ग्यात्मक रुपले प्रस्तुत गरेको छ ।
शकिरलो विगत मार्चदेखि पिकेसँगको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छैनन् । जबकि उनी नियमति रुपमा दुई जनाको फोटो हालिरहन्थिन् ।
सकिरा र पिके सन् २०१० को फिफा विश्वकपमा भेटिएपछि दुई जनाबीच सम्बन्ध सुरु भएको थियो । यो जोडी विवाह नगरी सँगै बस्दै आएका थिए र उनीहरुको दुई जना बालबच्चा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण