आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘मेरी सानी’ मा आर्यन र रुविनाको प्रेमकथा

बिहीबार, १९ जेठ २०७९, २१ : ०२
बिहीबार, १९ जेठ २०७९

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापाको रोमान्स रहेको म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ । भिडियोमा प्रेमीकाबाट टाढिएका एक प्रेमीको प्रेम र सम्झनाको कथा बनाइएको छ ।

डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा ‘स्माइल’को संगीत छ । म्युजिक भिडियोको निर्देशन सौरभ लामाले गरेका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन  भिडियोमा छ । आर्यन र रुविनाको जोडीलाई यो म्युजिक भिडियोमा पनि दर्शकले रुचाउने अपेक्षा निर्देशक लामाको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप