आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दरबारमार्गमा कालीप्रसादको कन्सर्ट

शुक्रबार, २० जेठ २०७९, ११ : ५२
शुक्रबार, २० जेठ २०७९

गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटाको एकल ‘कालीप्रसाद बास्कोटाको लाइभ’ शनिबार दरबारमार्गमा आयोजना हुने भएको छ । कोरोना र स्थानिय निर्वाचनका कारण पटक पटक सर्दै आएको यो कन्सर्ट दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुन लागेको हो ।

कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

बास्कोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरू ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय छन् । काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायक समेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप