अझै पनि छुवाछूतका घटना भइरहनु दुर्भाग्यपूर्ण : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दलित समुदायमाथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै नेता खनालले छुवाछूतमुक्त राष्ट्र घोषणालाई अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न नसकिएको बताए ।
'छुवाछुत मुक्त घोषणा गरिसकिएको अवस्थामा पनि छुवाछुत सम्बन्धि छिटपुट घटना भइरहनु दुर्भाग्यपूर्ण हो । दलित समुदाय माथि हुने सबै प्रकारका जातीय विभेद तथा छुवाछुत जन्य हिंसाको अन्त्य गर्न आवश्यक नीति, कार्ययोजना सहितको ठोस पहल गर्नका लागि सम्बन्धित निकाय सबैमा म गम्भीर ध्यानाकर्षण गराउँदछु', जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेता खनालले सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई पनि विभेदका घटनाका विरुद्धमा सशक्त रुपमा उभिन र व्यावहारिक रुपमा नेपाललाई सवै किसिमका विभेदबाट मुक्त गरी सभ्य र समतामुलक समाज निर्माण गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण