तिलिचो हिमालमा छायाँकन भएको भिडियो सार्वजनिक
मङ्गलबार, २४ जेठ २०७९, ११ : ४८
तिलिचो हिमालको ५ हजार १२ सय ५ मिटर उचाइमा छायांकन भएको भिडियो ‘तिलिचो ताल’ सार्वजनिक भएको हो । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको गीत पूर्व श्रममन्त्री रामेश्वर राय यादव, संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतले सामूहिक सार्वजनिक गरे ।
सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेष प्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
पुष्प खड्का र श्रद्धा क्षत्रीको अभिनय रहेको भिडियोले एक जोडी प्रेमीप्रेमीकाको प्रेमकथा देखाएको छ । उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण