एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जानकारी दिनुपर्छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्लाई जानकारी दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले संसद्‍मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताए । ‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भने, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।’
नेपालले केही समयअघि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान लिन सहमति जनाएको थियो । र, यस्तो विकासे अनुदान अमेरिकाजस्तै अन्य मुलुकसँग पनि लिनुपर्छ । थापाले भने, ‘तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण