
नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, ओलीद्वारा दुःख व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । बिजुक्छे पत्नी शोभा प्रधानको बुधबार निधन भएको हो । क्यान्सर रोगबाट पीडित प्रधानको क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला निधन भएको हो । प्रधानका दुई छोरा रहेका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष मित्र बिजुक्छेलाई परेको पत्नी शोकले आफु दुखित भएको बताएका छन् । साथै अध्यक्ष ओलीले दिवंगत शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ