एकीकृत समाजवादीले गठबन्धनका लागि सबै दलहरूसँग छलफल खुला राख्ने
नेकपा एकीकृत समाजवादी केन्द्रले आगामी आम निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रहेको निष्कर्ष पनि निकालेको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा पार्टीको भूमिका अझै बढ्ने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । स्थानीय निर्वाचनमा अझै धेरै सिटमा उम्मेदवारी दिएको भए पार्टीको मत सङ्ख्या बढ्ने पार्टीले समीक्षा गरेको बताए । उनले कलम चुनाव चिन्ह वरिपरि जनता गोलबद्ध हुन आतुर रहेको पनि बैठकको निष्कर्ष रहेको जिकिर गरे ।
महासचिव बेदुराम भुसालले सञ्चालन गरेको आजको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सम्मानित नेता झलनाथ खनालले पनि धारणा राखेका थिए ।
प्रतिवेदनमा आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिकोबारे चर्चा गर्नुका साथै स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र अबको सम्भावनाबारे प्रतिवेदनले औँल्याइएको छ । त्यस्तै, पार्टीको सङ्गठनात्मक जीवन कुन ठाउँमा छ र यसलाई कसरी अगाडि बढ्नुपर्छ भनेर औँल्याएको छ भने आगामी दिनमा सङ्गठनको कार्य योजना कस्तो हुने र आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय उल्लेख छन् ।
आज प्रस्तुत गरेका विषयलाई केन्द्रीय परिषद्को बैठकमा लगिनेछ । त्यहाँ विभिन्न समूहमा विभाजन गरेर राय सुझावहरू सङ्कलन गरिनेछ । एउटै काम दुई पटक गर्नुपर्ने भएकाले आजको बैठकमा निजी रूपमा राय लिने काम भएको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न