शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले बेलारुसलाई परमाणु क्षमता भएको क्षेप्यास्त्र दिने

आइतबार, १२ असार २०७९, ०९ : ५९
आइतबार, १२ असार २०७९

रुसले बेलारुसलाई परमाणु क्षमता भएको छोटो दुरीको क्षेप्यास्त्र प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । उनले ‘इस्कान्डेर–एम’ सिस्टमले ‘बालिस्टिक र क्रुज मिसाइल पारम्परिक र परमाणु क्षमतासहित’ प्रहार गर्न सक्ने बताए । यसको दायरा ५ सय किलोमिटर रहेको बताइएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमा राष्ट्रहरूबीच तनाव बढ्दो छ । त्यसयता पुटिनले परमाणु हतियारबारे धेरै पटक चर्चा गरेका छन् । यसलाई पश्चिम राष्ट्रहरुलाई हस्तक्षेप नगर्न चेतावनीको रूपमा व्याख्या गरिएको छ । सेन्ट पिटर्सबर्गमा बोल्दै पुटिनले बेलारुसको एसयू–२५ युद्धविमानहरुलाई परिष्कृत गरेर परमाणु हतियार बोक्ने क्षमताको बताउन मद्दत गर्ने बताएका छन् । 

उता शनिबार रुसी सेनाले युक्रेनको पूर्वी सहर सेभेरोडोनेस्कलाई पूर्णरुपमा कब्जा गरेको छ । यो सहर कब्जा गरेसँगै रुसले लुहान्सक क्षेत्रको प्राय सबै क्षेत्र तथा डोनेस्कको धेरै क्षेत्रमा नियन्त्रण बनाएको छ । यो दुई क्षेत्रले ठूलो औद्योगिक क्षेत्र डोनबास बन्दछ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप