शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतबार, १२ असार २०७९, १५ : १२
आइतबार, १२ असार २०७९

बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । 

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप