काजोललाई ओस्कारको निम्तो
बिहीबार, १६ असार २०७९, १२ : ४६
बलिउड अभिनेत्री काजोल ‘ओस्कार अवार्ड २०२२’ मा सहभागी हुने भएकी छन् । ओस्कार आयोजकले सार्वजनिक गरेको ‘गेष्टअफ क्लास २०२२’ को लिष्टमा उनको समेत नाम उल्लेख छ । यो बर्ष बलिउडबाट काजोल र लेखक रीमा कागतीलाई निम्तो गरिएको छ ।
यस अगाडि बलिउडबाट ओस्कारमा संगीतकार ए आर रहमान, आमिर खान, सलमान खान सहभागी भएका थिए । ‘गेष्टअफ क्लास’ को रुपमा सहभागीले अवार्डका लागि भोट समेत हाल्न पाउनेछन् । आयोजकले यो बर्ष ३९७ मानिसलाई निम्तो गरेको छ ।
काजोल र रीमा कागतीका अलवा भारतबाट ४ अन्य व्यक्तिलाई समेत ओस्कारको निम्तो मिलेको छ । जसमा साउथ स्टार सुर्या, फिल्ममेकर सुष्मिता घोष, आदित्य सुद र सोहिनी सेनगुप्ता रहेका छन् ।