विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?
सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ ।
प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सातवटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
देशका सबै ७७ जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष रहेका छन् । ७७ वटा जिल्लामा रहेका विपद् व्यवस्थापन कोषमा हाल १ अर्ब ९ करोड ३० हजार रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार प्रदेश विपद् व्यवस्थापन कोष अन्तर्गत प्रदेश नं. १ मा ४ करोड रुपैयाँ, मधेश प्रदेशमा २ करोड ८० लाख ८४ हजार रुपैयाँ, बागमती प्रदेशमा ८ करोड रुपैयाँ, गण्डकी प्रदेशमा ६ करोड रुपैयाँ, लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २६ करोड रुपैयाँ रहेको छ ।
विपद्का घटना हुँदा खोज, उद्धार र राहत कार्यमा खर्च गर्ने उदेश्यले विभिन्न कोषहरू स्थापना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा