‘प्रसाद २’ को निर्माण हुने
फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा अभिनय रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।
सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका निर्देशन सुदर्शन थापाले गर्दैछन् । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेलमा भने निर्देशक फेरिएका छन् । सुशील पौडेलको लेखन रहेको फिल्ममा केशव पाण्डे र सुभाष थापा निर्माता हुन् ।
निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरी यसको सिक्वेल बनाउने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’ मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने बताए । फिल्मबाट ‘प्रसाद’मा मुख्य भुमिका निर्वाह गरेका अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ ।
फिल्ममा विपिन, नम्रता, अर्पणको अलवा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ । यसै साताबाट फ्लोरमा जाने फिल्म कास्की जिल्लामा खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा