
नक्कली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सचिव फरार

नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी भएपछि उनी समेत फरार छन् । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम वडा नम्बर ८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीबिरुद्ध मुद्दा परेको थियो ।
तत्कालीन वडाध्यक्ष ठाकुरले धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।
नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।
त्यसपछि मिश्रले २०७८ मङ्सिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।
दूबै नागरिकतामा उनको जन्म मिति र स्थान फरक फरक देखाइएको छ । भने यसका साथै पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । त्यस्तै अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । अहिले आनन्द भने कारागारमा छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ