इमरान लागू औषध दुर्व्यसनी भएको आरोप
सोमबार, २० असार २०७९, १० : २७
पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि गम्भीर आरोप लगाएका छन् । तरारले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पुर्याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’
इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सार्वजनिक रूपमा टिभी कार्यक्रममा यस्तो आरोप लगाएका थिए । त्यस्तै, इमरानकी दोस्रो पत्नी रेहमले पनि खानले लागू औषध दुर्व्यसनी भएको दाबी गरेकी थिइन् ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने