यसकारण घट्यो नेप्से, ४ अर्बको कारोबार
बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर परिसूचक बढ्न थालेपछि सेयर मूल्य बढेको मौका छोप्दै लगानीकर्ताहरूले आफूसँग भएको सेयर बिक्री अर्डर दिएपछि बजार घटेको हो ।
आज ९.७५ अंकको गिरावटसँगै नेप्से परिसूचक २०७६ अंकमा आइपुगेर बन्द भएको छ । यसक्रममा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा नेप्से घटेको हो । खासगरी, कारोबार बन्द हुने समयमा बिक्री चाप बढेपछि बजार ओरालोतर्फ लागेको थियो । कारोबार समयमा नेप्सेमा ४० अंकभन्दा धेरैको वृद्धि देखिएको थियो ।
परिसूचक एकल अंकले घट्दा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँले बढ्दै १ हजार ४०३ रुपैयाँ पुगेको छ । आज यसबाहेक अन्य कम्पनीको सेयरमा उच्च अंकको वृद्धि देखिएन ।
यद्यपी, ग्लोबल आईएमई बैंकको डिबेन्चरमा भने ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । यसक्रममा आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै १७ करोड ५८ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि, हिमालयन डिस्टिलरीको सेयर १६ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा