ad
x

टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने - ममाथि अन्याय भयो

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए । 


सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 



तर शाहले भने भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए । ‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ,’ शाहले भने,‘ कुरा उठिसकेपछि मैले स्पष्टिकरण गर्न जरुरी हुन्छ ।  किनकी हामी समाजप्रति उत्तरदायी छौँ । समाजप्रति बफादार छौँ, हामीले  समाजमा गर्ने एउटा सानो गल्तीले त्यसले ठूलो प्रभाव पार्छ भन्ने हामीले बुझेका छौँ ।’ 

शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत  हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे । उनले भने,‘ मलाई अन्याय पर्यो भनेर न्याय माग्न पत्रकारहरुसमक्ष आएको हुँ । उक्त भिडियोमा देखिएको मान्छे म हैन प्रविधिको गलत प्रयोग गरिएको हो । मैले आफू बच्नलाई यस्तो भनेको होइन। म ¥यालिटीमा रहेर कुरा गर्दै छु ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।