बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी बैठकमा मातृकाले भने– मलाई पनि अन्तरघातको चार्ज लाग्यो

सोमबार, २० असार २०७९, १६ : ४७
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले आफूमाथि अन्तरघातको चार्ज रहेको बताएका छन् । स्थानीय तह निर्वाचनमा मधेसमा नेताहरुबीचको अन्तरद्वन्द्वले कमजोर नतिजा आएको टीकाटिप्पणीका बीच मातृकाले यस्तो बताएका हुन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै मातृकाले आफू अन्तरघातको लिस्टमा परेको भन्दै आफूमाथि नबुझिकन चार्च लगाइएको गुनासो गरे । ‘अन्तरघातको चार्ज मलाई पनि लागेको छ’, उनले भने, ‘ मपनि अन्तरघातकै लिस्टमा छु ।’ यसअघि आइतबारको केन्द्रीय समिति बैठकमा प्रदेशको रिपोर्टिङ गर्ने क्रममा नेता गणेश शाहले पार्टीभित्रको गुटबन्दी र अन्तरघातका कारण कमजोर नतिजा आएको बताएका थिए । उनले अन्तरघातीमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने माग समेत गरेका थिए ।

मधेस प्रदेशमा माओवादीभित्र नारायणकाजी र प्रचण्ड समूहबीच अन्तरद्वन्द्व रहँदै आएका छ । यो विषय गत पुसमा सम्पन्न माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा समेत उठेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप