निर्वाचन मितिबारे प्रधानमन्त्रीसँग आयोग पदाधिकारीले छलफल गर्दै
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।
‘आज ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको छ’, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने,‘निर्वाचन मितिबारे छलफल हुन्छ ।’
प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् । आयोग स्रोतका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ ।
त्यस्तै निर्वाचन सम्पन्न गर्न करिव नौ अर्व खर्च लाग्ने पनि आयोगको अनुमान छ । निर्वाचन एकै चरणमा गर्दा उपयुक्त हुने सुझाव दिन लागेको आयोगका एक आयुक्तको भनाइ छ । आयोगसँगको परामर्शमा सरकारले निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण