बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीको प्रश्न– कुन सीसीटीभीको क्षमता कति हुन्छ, म कसरी थाहा पाउनु ?

बुधबार, २२ असार २०७९, १६ : ४२
बुधबार, २२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले कुन सीसीटीभीको क्षमता कति हुन्छ भन्ने कुरा आफूलाई जानकारी हुने कुरा नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्ने जवाफ दिएको सन्दर्भमा उठेका प्रश्नबारे केन्द्रित हुँदै मन्त्री शर्माले प्रतिप्रश्न गरे– कुन सीसीटीभीको क्षमता कति हुन्छ, म कसरी थाहा पाउनु ? कुन मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी लिन्छ होला ?

उनले बजेट निर्माणका क्रममा अनियमितता भएको भनिएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको र त्यसलाई आफूले स्वागत गर्ने पनि बताए । उनले आफूले ‘अनैतिक’ हुने गरी कुनै काम नगरेको दाबीसमेत गरे ।
‘न मैले कुनै घरानाको स्वार्थ अनुसार बजेटमा करको दर तोकेँ, न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ, के कारणले अनैतिक भएँ ?’ उनले प्रश्न गरे । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप