बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा पार्टी कमजोर भएकोमा प्रचण्डको चिन्ता

बिहीबार, २३ असार २०७९, १३ : ४१
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टी संगठन कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले जनयुद्धदेखि जनआन्दोलन र सरकारमा हुँदा काठमाडौं उपत्यकाबासीका लागि राम्रो काम गरेपनि संगठन बन्न नसकेमा नेताहरुसँग सुझाव मागेको एक नेताले जानकारी दिए । 

‘काठमाडौं उपत्यकामा पार्टी बनाउन नयाँ ढंगले संगठन संरचना बनाउनुपर्छ । अहिले सम्पर्क समिति र विशेष समिति बनाएका छौँ त्यसलाई मिलाएर नयाँ ढंगले संरचना खडा गर्न पो हो कि भन्ने मेरो प्रस्ताव छ’ प्रचण्डले भने, ‘अब सिनियर नेताको नेतृत्व जरुरी छ । त्यसमा र स्थानीयलाई पनि मिलाउनुपर्छ । उपत्यका र ठूलो सहरको हकमा पनि नयाँ संरचनामा जान आवश्यक छ । यसमा कमरेडहरूको सुझाव आए थप सहज हुन्छ।’

स्थानीय तह चुनावमा गठबन्धन भएपनि उपत्यकाका काठमाडौ, ललितपुर भक्तपुरमा कमजोर नतिजा आएपछि प्रचण्डले पार्टी संगठनका विषयमा चिन्ता व्यक्त गरेका हुन् । उपत्यकाका सबै पालिकामा माओवादी प्रमुखमा पराजित भएको थियो । ललितपुर र भक्तपुरका केही पालिकामा भने उपप्रमुख जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप