बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीले पदाधिकारी टुंगो लगाउन सकेन, प्रचण्डले मागे थप समय

बिहीबार, २३ असार २०७९, १७ : ०४
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रले छिट्टै पदाधिकारीको टुंगो लगाउने जनाएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिएका हुन् । प्रचण्डले दुई चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा रहनेको नाम टुंगो लगाउने जानकारी गराएको एक नेताले रातोपाटीलाई बताए ।

माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरेका थिए । तर, अझै सहमति नजुटिसकेकाले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको बताइएको छ । 

बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो भने गठन गरिसकेको छ। माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १५६ सदस्यीय बनेको छ। 
माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप