आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स

सोमबार, २७ असार २०७९, १२ : ५८
सोमबार, २७ असार २०७९

एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोमा  आकाश र तनुजा राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको गीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले देखाउन खोजिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप