आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

सोमबार, २७ असार २०७९, १३ : २९
सोमबार, २७ असार २०७९

बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।  गीतमा फिल्ममा मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीले स्वर दिएका छन् । 

२१ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म बद्री साह, अनिल गीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी लगायत कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप