बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

असुरक्षाका कारण हामी वीरगञ्ज नगएका हौँ : यादव

मङ्गलबार, २८ असार २०७९, १३ : ५२
मङ्गलबार, २८ असार २०७९

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य महिन्द्र राय यादवले जसपामा विधान अनुसार दुई जना अध्यक्ष राख्न भन्दा उपेन्द्र यादवले आनाकानी गर्नु नै पार्टीमा विवादको मुख्य जड भएको बताएका छन् । बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले कलष्टर अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्ने भन्दा अध्यक्ष यादवले नमानेको उनले गुनासो गरेका हुन् । नेता यादवले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनु पर्ने बताउँदै हरेक समुदायको प्रतिनिधित्व हुने गरी सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नु पर्ने बताए । 

उनले पार्टीको विवाद समाधानका लागि तीन सदस्यको एउटा हेडक्वार्टर बनाइए पनि त्यसलाई राम्रोसँग चल्न नदिएको गुनासो गरे । पार्टीको बैठक बोलाउन पटक पटक माग गर्दा अध्यक्ष उपेन्द्र यादवले नमानेको बताउँदै उनले पछिल्लो समय बोलाएको बैठकको बारेमा आफूहरूलाई जानकारी नगराएकोमा चित्त दुखेको बताए । 

‘हामीले उपेन्द्र यादव बाबुराम भट्टराई र अशोक राई सम्मिलित तीन जनाको मुख्यालय बनायौ । सबै समस्याको समाधान गर्नुपर्छ । उहाँहरू बैठक बस्नुहुन्छ हामीलाई बोलाउनुहुन्छ । बाटो हेर्दै गयौँ’ यादवले भने,‘स्थानीय चुनावपछि बैठक बसौँ । समीक्षा गरौँ भनेर धेरै पटक कुरा राख्यौँ । बैठकको समीक्षा हुन सकेन । बैठक नै बस्न सकेन ।’

पार्टी कसैको एकलौटी नभएको र कसैले भन्दैमा यो पार्टी विभाजन नहुने बताए । यो जसपामा सबैको समान अधिकार छ यो पार्टीलाई फुट्न नदिने ठोकुवा गरे । तर पार्टी एकता गरे पनि २ वर्षसम्म एकता नै नभएर विभाजनको अवस्थामा पुगेको यादवले बताए ।

उनले के कारणले पार्टीको बैठक वीरगन्जमा सारेको भन्दै प्रश्न पनि गरे । ‘हामी वीरगन्ज जान तयार थियौँ । तर हामीमाथि दुर्व्यवहार हुने थाहा पाएर हामी त्यहाँ नगएको हो,’ उनले भने, ‘हामी असुरक्षित भएर नै वीरगन्ज नगएको हो । हामीलाई सुरक्षा अनुभूति भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप