कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले प्रदेशसभा बैठकमा मातृभाषा (नेपाल भाषा)बाट मन्तव्य राखेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० को कार्यान्वयनमा दबाब दिनका लागि नेपाल भाषामा मन्तव्य राखेको बताए ।
उनले मन्तव्यका क्रममा प्रदेशमा विभिन्न जातजातिले बोल्ने भाषाहरूलाई संरक्षण र संवर्द्धनमा जोड दिनु पर्ने बताए । उनले प्रदेशमा बोलिने भाषाहरूलाई सम्पदाको रूपमा विकास गर्नुपर्ने बताए । भाषा ऐन कार्यान्वयनको चरणमा सरकार रहँदै गर्दा स्थानीय तहमा भाषा अनुवादक राखेर निवेदन तथा सिफारिसको ब्यहोरा समेत सम्बन्धित व्यक्तिले चाहेको भाषामा दिनुपर्ने उनको भनाई छ ।
‘सरकारी कामकाजी भाषा ऐनको कार्यान्वयनका लागि नेपाल भाषामा मन्तव्य राखेको हुँ । भाषा ऐन कार्यान्वयनको चरणमा स्थानीय तहमा भाषा अनुवादक राखेर निवेदन तथा सिफारिसको ब्यहोरा समेत सम्बन्धित व्यक्तिले चाहेको भाषामा दिनु पर्छ,’ उनले भने, ‘नेपाल भाषा नागरिकको पहिचान मात्र नभएर सम्पदा समेत हो ।’
प्रदेश सरकारले संस्कृति र सम्पदा संरक्षणमा लगानी गर्नुपर्ने उनले बताए । जातीय भेषभूषा बाजागाजा र सांस्कृतिक जात्राहरूको जगेर्नामा सरकार गम्भीर बन्न जरुरी रहेको उनले टिप्पणी गरे । उनले सांस्कृतिक जगेर्नामा सरकारले उपयुक्त कार्यक्रम सहित बजेट व्यवस्थापन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण