सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
मुम्बई । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् ।
केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई नसकेको बताएकी थिइन् । यस्तो अवस्थामा बिश्नोई समुदायले सलमानलाई माफी दिनुपर्ने र उनीमाथि यस्तो हमला गर्नु नहुने उनको भनाई थियो । सलमानको तर्फबाट उनले बिश्नोई समुदायसँग माफी पनि मागेकी थिइन् ।
यता अध्यक्ष देवेन्द्र बुडियाले सोमीलाई जवाफ दिँदै सलमान आफैले माफी मागे बिश्नोई समाजले माफी दिन सक्ने बताए । उनले थप भने, ‘सलमानले बिश्नोई समुदायलाई उनी माफी माग्न चाहन्छन् भनेर प्रस्ताव गर्नुपर्छ । त्यसपछि उनले मन्दिरमा आएर माफी माग्नुपर्छ। आगामी दिनमा यस्तो गल्ती नगर्ने शपथ लिनुपर्छ र पशुपक्षी संरक्षणका लागि सधैँ काम गर्ने प्रतिबद्धता जनाउनुपर्छ । यदि उनीहरूले यसो गरेमा बिश्नोई समाजले उनलाई माफ गर्ने निर्णय गर्नेछ।’
गत अप्रिल १४ तारिखको बिहान मुम्बईको बान्द्रा वेस्टमा रहेको सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोलाबारी भएको थियो । गोली प्रहारको जिम्मेवारी लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन् ।
सन् १९९८ मा भएको कालो हरिण शिकारको घटनालाई लिएर बिश्नोई समुदाय आक्रोशित रहेको भन्दै लरेन्सले टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण