नेप्सेमा ९.५४ अंकको गिरावट, कारोबार पनि खस्कियो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक बुधबार ९.५४ अंकले घट्दै २ हजार १७.९७ अंकमा झरेको हो ।
बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५८.०९ अंकमा झरेको छ । यस्तै अघिल्लो दिनको तुलनामा बुधबार कारोबार समेत घट्दै ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको ८४ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेड्रिङ्ग बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, सबै घटेका उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् भने बढेका सूचकहरू क्रमशः १.४० प्रतिशत, ०.१७ प्रतिशत र १.१६ प्रतिशतले उचालिएका छन् ।
बुधबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने यता गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण