दुर्लभ रक्त समूह : भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए
भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिमा दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन ।
ती व्यक्ती हृदय रोगबाट पीडित छन् । मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ चार फरक रक्त समूह प्रकार छन् । ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ ।
विश्वमा अहिलेसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् । पछिल्लो पटक गुजरातको राजकोटका ६५ वर्षीय पुरुषमा पनि यस्तो दुर्लभ देखिएको छ ।
सुरतको समर्पण रक्तदान केन्द्रका चिकित्सक सम्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती बृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो । तर, अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमुनाहरू मात्र पठाइएको थियो ।
पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दशौं घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आइएसबीटी) ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ, किनभने रगतमा ईएमएम छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण