नयाँ पार्टी खोल्दै बाबुराम
शुक्रबार, ३१ असार २०७९, ०६ : १४
अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।
'अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं', जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, 'उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । '
काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरु यस्तो निष्कर्षमा पुगेको उनले बताए । पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्रबारे शुक्रबारबाट गम्भीर छलफल सुरु हुने नेता सिंहले बताए । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण