लन्डनमा इतिहासकै अत्यधिक गर्मी, सरकारद्वारा 'रेड अलर्ट' जारी
बेलायती इतिहासमै योपटक यहाँ सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरूले बताएका छन् । अत्यधिक तापक्रमका कारण हुने मृत्युलाई कम गर्न सबैलाई सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।
बेलायतमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने, राष्ट्रिय आपत्कालको घोषणा गरिएको छ । गर्मीका कारण धेरै मानिसहरूको मृत्यु हुन सक्ने अनुमान गरिए पनि वास्तविक आँकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्वीकार गरेका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यलयल डाउनिङ स्ट्रिटमा आज आपत्कालीन बैठकको आयोजना गरिएको छ । सोमबार र मंगलबार लन्डन, म्यानचेस्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ । अत्यधिक गर्मीका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ । मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउन सक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या आउन सक्ने तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण