फष्टलुक सार्वजनिक गर्दै ‘बबली बाउन्सर’ को रिलिज डेट घोषणा

अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो ।
स्टार स्टुडियो र जंगली पिक्चर्सको निर्माण रहेको फिल्म हिन्दीको अलवा तमिल र तेलगु भाषामा पनि रिलिज हुनेछ । निर्माण युनिटले ‘बबली बाउन्सर’ को अभिनेत्री भाटियाको फष्टलुक समेत सार्वजनिक गरेको छ । जसमा तमन्ना कालो प्यान्ट र टिसर्टमा हात बाँधेर उभिएकी छिन् । त्यस्तै, दोस्रो तस्बिरमा तमन्ना आफ्नो शक्ति प्रदर्शन गरिरहेको देखिएकी छिन् । तस्विरमा उनी मुस्कुराएकी छिन् । दुवै तस्विरमा तमन्नाको लुक्स निकै बलियो देखिन्छ । तमन्नाको यो विशेष शैलीले फ्यानमा फिल्मलाई लिएर उत्सुकता बढाएको छ ।
‘बबली बाउन्सर’ उत्तर भारतको मूल ‘बाउन्सर टाउन’ असोला फतेपुरमा आधारित कथा हो । यस फिल्ममा तमन्नाको ‘बबली बाउन्सर’ को चरित्र बिल्कुलै फरक हुनेछ । फिल्ममा तमन्नाको अलवा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद मुख्य भूमिकामा देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश