फष्टलुक सार्वजनिक गर्दै ‘बबली बाउन्सर’ को रिलिज डेट घोषणा
अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो ।
स्टार स्टुडियो र जंगली पिक्चर्सको निर्माण रहेको फिल्म हिन्दीको अलवा तमिल र तेलगु भाषामा पनि रिलिज हुनेछ । निर्माण युनिटले ‘बबली बाउन्सर’ को अभिनेत्री भाटियाको फष्टलुक समेत सार्वजनिक गरेको छ । जसमा तमन्ना कालो प्यान्ट र टिसर्टमा हात बाँधेर उभिएकी छिन् । त्यस्तै, दोस्रो तस्बिरमा तमन्ना आफ्नो शक्ति प्रदर्शन गरिरहेको देखिएकी छिन् । तस्विरमा उनी मुस्कुराएकी छिन् । दुवै तस्विरमा तमन्नाको लुक्स निकै बलियो देखिन्छ । तमन्नाको यो विशेष शैलीले फ्यानमा फिल्मलाई लिएर उत्सुकता बढाएको छ ।
‘बबली बाउन्सर’ उत्तर भारतको मूल ‘बाउन्सर टाउन’ असोला फतेपुरमा आधारित कथा हो । यस फिल्ममा तमन्नाको ‘बबली बाउन्सर’ को चरित्र बिल्कुलै फरक हुनेछ । फिल्ममा तमन्नाको अलवा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद मुख्य भूमिकामा देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण